संघीय लिम्बुवान कोरियाद्वारा ताप्लेजुङ पहिरो पीडितलाई २ लाख सहयोग
मिराप
सोल-गत संघिय लिम्बुवान समाज कोरियाले ताप्लेजुङ जिल्लाको पहिरो पीडितलाई २ लाख रुपैया आर्थिक सहयोग गरेको छ | जेष्ठ २७ गते परेको भारी बर्षका कारण जिल्लाको खोक्लीङ, सान्थाक्रा, खाम्लुङ , लिङथेप ,लिवाङ लगायत ६ गाविसमा ठुलो धनजनको क्षति भएपछि समाजले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गरेको हो |
उक्त रकम संघिय लिम्बुवान पार्टी नेपालको जिल्ला समिति ताप्लेजुङको सहकार्यमा केन्द्रीय नेताहरुद्वारा पीडित परिवारलाई गत असार ३ गते हस्तान्तरण गरिएको थियो | पिडितहरुलाई दुई समुहमा बिभाजन गरि समूह ‘क’ मा पर्ने १५ परिवारलाई जनही सात हजार रुपैयाँका दरले र समूह ‘ख’ मा पर्ने ४४ परिवारलाई जनही चार हजार रुपैयाँका दरले प्रदान गरिएको थियो |
सहयोग रकममा मलेशियाबाट आएको ५० हजार रुपैयाँ र www.nepalikorea.com बाट ४५ हजार रुपैयाँ गरि जम्मा २ लाख ९५ हजार रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको हो | बाँकि रु. चालिस हजार पुन: पठाइने जानकारी समाजका अध्यक्ष प्रकाश लिङदेनले बताए |
यस अघि समाजले गत चैत्र ९ गते ताप्लेजुङ जिल्लाकै तोक्मे डाँडामा भएको आगोलागीबाट घरबारबिहीन भएका १ सय ८८ परिवार १ लाख ४३ हजार ६ सय सहयोग रकम वितरण गरेको थियो |
ताप्लेजुङ पहिरो पिडितहरुलाई सहयोग गर्ने सहयोगी हातहरुलाई संघिय लिम्बुवान समाज कोरिया हार्दिक धन्याबाद ब्यक्त गर्दै यहाँहरुको नामावली र सहयोग रकम यस प्रकार छ :-
१. प्रकाश लक्सम पान्थर ५०,००० | वन
२. लोकेन्द लङवा ताप्लेजुङ ५०,०००|
३. रमेश लक्सम पान्थर ५०,०००|
४. लोकेन्द्र शिगु पान्थर ५०,०००|
५. नन्द काम्बाङ “ मिराप “ पान्थर ५०,०००|
६. देउकुमार साम्सोहाङ झापा ५०,०००|
७. सन माबो झापा ३०,०००|
८. पवन राई झापा २५,०००|
९. दिलकुमार लक्सम पान्थर १,००,०००|
१०. दिपेन माखिम पान्थर ५०,०००|
११. नरेन्द्र वनेम ताप्लेजुङ् ५०,०००|
१२. प्रेमकुमार राई इलाम २०,०००|
१३. नरेन्द्र योङहाङ झापा २०,०००|
१४. सुलभ लावती पान्थर २०,०००|
१५. बीरबहादुर साँवा मोरङ ५०,०००|
१६ ओम फियाक मोरङ ३०,०००|
१७. डिकबहादुर राई झापा २०,०००|
१८. हरि खावाहाङ तेर्हथुम २०,०००|
१९. प्रकाश लिङदेन पान्थर १,००,०००|
२०. कमल चङबाङ झापा ५०,००० |
२१. नबिन लक्सम पान्थर २०,०००|
२२. सनबहादुर नेम्बाङ पान्थर ४०,०००|
२३. बिर्ख सेर्मा पान्थर ४०,०००|
२४. चित्र आङदेम्बे पान्थर ३५,०००|
२५. आलोक नेम्बाङ पान्थर ३५,०००|
२६. जितकुमार मादेन ताप्लेजुङ ६०,०००|
२७. यामकुमार लङवा ताप्लेजुङ ५०,०००|
२८. कृष्णब. बस्नेत गुल्मी ३०,०००|
२९, अमृत गहतराज नवलपरासी ३०,०००|
३०. प्रेम कौशल नवलपरासी ३०,०००|
३१. दीपक तिमिल्सेना बिराटनगर ३०,०००|
३२. आनन्दकुमार भट्टराई खोटाङ ३०,०००|
३३. बिनोद केदेम ताप्लेजुङ २०,०००|
३४. नबिन केदेम ताप्लेजुङ २०,०००|
३५. भुपेन्द्र आवजुंग ताप्लेजुङ २०,०००|
३६. बुद्धमान लिम्बु ताप्लेजुङ ३०,०००|
३७. सुरेश कट्टेल सोलुखुम्बु ३०,०००|
३८. उमेश मोक्तान तेह्रथुम ३०,०००|
३९. बिबेक खत्री काभ्रे ३०,०००|
४०. सुदीप वनेम ताप्लेजुङ ५१,०००|