तमू धीं थेगु शाखा कोरियाको दोश्रो अधिवेशनबाट अध्यक्षमा गणेश गुरुङ
तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार संस्थाका अध्यक्ष हर्क गुरुङको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
तमू धीं थेगु शाखाको दोश्रो अधिवेशनमा संस्थाका उपाध्यक्ष विनोद गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका सचिव बिल गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणि गुरुङले आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । सो अधिवेशनमा विशेष अतिथिहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाका अध्यक्ष कर्ण गुरुङ, थेगु शाखाका वरिष्ठ सल्लाहकार तथा केन्द्रीय सल्लाहकार मानसिंह गुरुङ, शाखाका वरिष्ठ सल्लाहकार गुमान सिंह गुरुङ, सल्लाहकार मदन गुरुङ, केन्द्रीय महासचिव सन्तोष गुरुङ, केन्द्रीय सचिव तुरन गुरुङ लगायत व्यक्तित्वहरुले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
उदघाटन सत्रपछिको बन्द सत्रमा सोही शाखा संस्थाका वरिष्ठ सल्लाहकार गुमान सिंह गुरुङ संयोजक रहने गरि सदस्यहरु हर्क गुरुङ, दुर्गा गुरुङ, मानसिंह गुरुङ, विनोद गुरुङ सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । तमू धीं थेगु शाखा दक्षिण कोरियाको विशेष अधिवेशनबाट अध्यक्षमा गणेश गुरुङ, उपाध्यक्ष मणि गुरुङ, उपाध्यक्ष लिला गुरुङ, सचिव मदन गुरुङ, सहसचिव दिनेश गुरुङ, कार्यालय सचिव कृष्ण गुरुङ (माईला), कोषाध्यक्ष मिलन गुरुङ, सहकोषाध्यक्ष शोभा गुरुङ र सदस्यहरुमा सदिक्षा गुरुङ, शिला गुरुङ, मुकेश गुरुङ, ललित गुरुङ, कृष्ण गुरुङ (कान्छा), ईश्वर गुरुङ, श्याम घले गुरुङ, माया गुरुङ, मीरा गुरुङ, ज्योती गुरुङ र लेलन गुरुङ सर्वसम्मत चयन भएका छन् ।
उक्त दोश्रो अधिवेशनबाट शाखा संरक्षकको रुपमा हर्क गुरुङ, वरिष्ठ सल्लाहकारहरु मान सिंह गुरुङ, बाबुराम गुरुङ, बिल गुरुङ रहेका छन् भने सल्लाहकारहरुमा गुमान गुरुङ, पूर्ण गुरुङ, शंकर गुरुङ, विनोद गुरुङ, प्रेमकाजी गुरुङ, हरी गुरुङ र निमेश गुरुङलाई चयन गरिएको छ । युवा संयोजकमा तारा गुरुङ र महिला संयोजकमा पुष्पा गुरुङ चयन गर्दै उक्त अधिवेशनले विभागीय संरचना तयार पारेको हो । अधिवेशनमा कार्यक्रम सञ्चालन संस्थाका सचिव बिल गुरुङले गरेका थिए । तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशनलाई सफल बनाउन उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।