दक्षिण कोरियाको बुसानमा चासोक तङनाम मनाईयो
डिसेम्बर १९ का दिन दक्षिण कोरियाको बुसानमा भव्यताका साथ किरात याक्थुङ लिम्बुहरू को चासोक तङनाम मनाइएको छ । लुम्बिनी सभा हलमा सांस्कृतिक रूपमा चासोक पूजा सहित याक्थुङ लिम्बुहरूको पर्व मनाईएको थियो।
आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङनाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दिपा वरुमहाङले जानकारी गराए।
आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष परी गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ, तमु धि ख्यङ्साङनाम्दो, किरात राई यायोक्खा बुसान, नेपाल तामाङ घेदुङ संघ बुसान, नेपाल मगर संघ बुसान, गैर आवासी नेसंघ राष्ट्रिय समन्वय परिषद कोरिया, एनाअरएन कोरिया बुसान, न्यू भिजन ग्रूप लगायत अन्य संघ संस्थाहरुबाट विशेष अतिथी एवम अतिथीहरुको उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमलाई सचिव सञ्जोग कन्दङ्वाले सञ्चालन गरेका थिए भने रमाइलो साँस्कृतिक प्रस्तुति सहित सांगीतिक कार्यक्रमलाई डम्बर सुब्बाले संचालन गरेका थिए।