तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा नयाँ बर्षको अवसरमा सञ्चारकर्मी सम्मानित


तामाङ पत्रकार संघ दक्षिण कोरियाद्वारा सञ्चारकर्मी गोकुल दोर्जे तामाङ (थोकर), सिमा लामा र मेघप्रसाद वाईबा तामाङ नयाँ बर्षको अवसरमा शनिबार सम्मानित भएका छन् । कोरोनाका कारण भर्च्युअल माध्यमबाट नोभेम्बर १४ तारिखमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

सम्मानित हुनुभएका गोकुल दोर्जे तामाङ (थोकर) संघको सल्लाहकार तथा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का अध्यक्ष, सिमा लामा संघकी संस्थापक निवर्तमान अध्यक्ष र मेघप्रसाद वाईबा तामाङः संघका सल्लाहकार तथा तामाङ घेदुङ दक्षिण कोरियाका निवर्तामान अध्यक्ष हुन् ।

तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिलाई पत्रकारिताको क्षेत्रबाट पुर्याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको संघका नवनिर्वाचित अध्यक्ष अमिर योञ्जनले बताए ।

पत्रकारितामार्फत सशक्त रुपमा हाम्रो चासो र सरोकारको विषयलाई प्रस्तुत गर्ने जनशक्ति निर्माण  गर्दै ठूला सञ्चारमाध्यममा लाग्न सक्नुपर्ने संघका सल्लाहकार थोकरले मन्तव्यका क्रममा बताएको छ ।

बि.सं. २०६१ सालमा स्थापना भएको तामाङ पत्रकार संघको पहिलो प्रवास शाखाको रूपमा सन् २०१८ मा तामाङ पत्रकार संघ दक्षिण कोरिया स्थापना भएको हो । संघको हाल २२ जिल्ला, २ प्रदेश, १ प्रवास र संघीय समितीहरू क्रियाशील छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...