कोरियामा नेपाली राजदूताबासद्धारा व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम संचालन
दक्षिण कोरियामा सउल नेपाली राजदुतावासको आयोजना र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, कोरियाको व्यस्थापनमा ” व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम ” को शुरुवात गरिएको छ ।
औधोगिक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ज्ञान र शिक्षा उपलब्ध गराउने मुख्य उदेश्य रहेको यो कार्यक्रम अनलाईन जुम भर्चुअल माध्यम मार्फत दिइने छ । गत आइतबार जनवरी २ तारिखदेखि शुरु गरिएको यो कार्यक्रम ९ सातासम्म चल्ने छ ।
तालिमका प्रशिक्षक व्यवसायजन्य स्वास्थ तथा सुरक्षासम्बन्धी विज्ञ युवराज भट्ट रहेका छन् । तालिम अवधि डेड घण्टाको रहेको छ । १ घण्टा प्रशिक्षण हुने छन भने आधा घण्टा प्रश्न उत्तर हुने दूताबासका श्रमसहचारी रमा भट्टराईले जानकारी दिएका छन् । तालिमा सहभागिहुनेहरुलाई अन्तमा प्रमाणपत्र उपलब्ध गराउने दूताबासले जनाएको छ ।
दूताबासले गत वर्ष पनि मानसिक स्वास्थय बारे अनलाईन कार्यक्रम संचालन गरेको थियो । यस्ता कार्यक्रमले कोरियामा बढ्दो रुपमा रहेको औधोगिक दुर्घनालाई न्युनिकराण गर्न सहयोग पुग्ने आशा गर्न सकिन्छ ।