नेपाली जनअधिकार मन्च कोरियाको बैठक हुने
फोनिज कोरिया संवाददाता
सोल-एमाओबादी समर्थित प्रवासि संगठन नेपाली जनअधिकार मन्च कोरियाको नियमित तथा बिस्तारित बैठक बस्ने भएको छ |
मंचको बैठक यहि जुलाई १९ तारिक सोल जोङगाक स्टेशन गेट न २ बाट यु टर्न बायाँ अनि सिधै करिब २ मिनेट अगाडि रहेको दुर्गा रेस्टुरेन्टमा दिनको १० बजे बैठक बस्ने भएको हो |
मन्चले बैठकमा संगठनमा आबद्ध सदस्य, सल्लाहकार, केन्द्रिय समिती क्षेत्रीय समिटि, इलाका समितीका पदाधिकारीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |
सो बैठकमा संविधानको निम्ति दिइने सुझाव र समसामयिक विषयहरु, बिगतका केही विषय बस्तुहरुमा समिक्षा पनि गरिने हुदा सबै पदाधिकारीहरुको गरिमा मय उपस्थिति लागि समेत अनुरोध गरिएको छ।
‘प्रबासबाट नेपाली दूतावास मार्फत समेत सुझाव संकलन गर्न सोही दिन अन्तरक्रिया आयोजना भयकोले समयमै उपस्तिथि जनाइ दिनु हुन र हाम्रो सुझाव के हुन सक्छ र के भुमिका निर्बाह गर्न सकिन्छ सो बारेमा बृहत छलफल गर्न बस्ने हुदा सम्पुर्ण केन्द्रिय समिती सदस्य ज्युहरु, सल्लाहकारज्युहरु,छेत्रीय तथा एरिया समिती सदस्यज्युहरु साथै मन्चमा आबद्ध तथा शुभचिन्तक ज्युहरु सम्पुर्ण लाई यसै समाचारलाई आधार मानेर उपस्तिथितिको लागि हार्दिक अनुरोध गर्दछौ।‘प्रचार बिभाग प्रमुख चुडामणि अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ |
सम्पर्कको लागि:-
सागर न्यौपाने अध्यक्ष 01044741984
दिलिप धिताल सल्लाहकार 01026914155
चुडामणि अधिकारी प्रचार बिभाग प्रमुख 01064692944