चितवन सम्पर्क समिति द.कोरियाको सत्रौं अधिवेशन जनवरी ३० तारिक हुने
कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था चितवन सम्पर्क समितिको सत्रौं अधिवेशन भर्चुअल जूम मार्फत हुने भएको छ । माननीय पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा यही जनवरी ३० तारिक उक्त अधिवेशन हुने भएको हो ।
“चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना, समृद्ध चितवन हाम्रो परिकल्पना” भन्ने मूल नारालाई आत्मासाथ गर्दै सन् २००१ मा स्थापित चितवन सम्पर्क समितिको १६औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष विजय अर्यालले जानकारी दिए । यस संस्थाले चितवन घर भई विभिन्न पेशा, व्यवसाय, रोजगारी र अन्य शिलशिलामा दक्षिण कोरियामा रहेका दाजुभाई तथा दिदीबहिनीहरुलाई एकताबद्ध गराई आफ्नोपन र अपनत्व अनुभूति दिलाउने र मूलतः विभिन्न दुःखद र अप्ठ्यारो परिस्थितिमा अन्य संघसंस्थाहरुसँग हातेमालो गर्दै विभिन्न सामाजिक क्रियाकलापहरुमा अग्रसर रहेको संस्थाका महासचिव सागर सापकोटाले स्पष्ट पारे ।
संस्थाको सत्रौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था आमन्त्रित अतिथिवर्ग, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त महानुभावहरुलाई चितवन सम्पर्क समिति दक्षिण कोरियाले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०२२ जनवरी ३० तारिक आइतबार
समय : दिनको १२:१५ बजे (कोरिया)
बिहानको ०९:०० बजे (नेपाल)
स्थान : जूम भर्चुअल
(आईडी korea1234, पासकोड 12134korea)