काभ्रे सम्पर्क समितिले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने भएको छ । मार्चको १२ तारिख हुने कार्यक्रमलाई मनोवैज्ञानिक डाक्टर केदार रायमाझीले प्रशिक्षण तथा परामर्श गर्ने छन् ।
कोरियामा बसोबास गरिरहेका धेरै नेपालीमा कुनै न कुनै रुपमा मानसिक समस्या झेलि रहेकोले केही हदसम्म भए पनि कम गर्नको लागि कार्यक्रम गर्न लागेको काभे्र सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योञ्जनले बताए । ‘हामीले गर्न लागेको कार्यक्रमले थोरै भए पनि यहाँ रहेका साथीमाइलाई सहयोग पुगे हाम्रो कार्यक्रम सफल भएको भन्ठान्छौं । यसका लागि सबै साथीभाइलाई कार्यक्रममा जोडिन पनि आग्रह गर्छौं ।’ उनले भने ।
कोरियामा अहिले पेशा र कामका लागि आएका नेपाली ३६ हजार भन्दा बढि छन् । रोजगार अनुमति प्रणाली ईपिएस मार्फत आएका कामदारले मानसिक रुपमा विभिन्न खालको समस्या भोग्दै आएका छन् । प्रशिक्षण कार्यक्र जुम मार्फत हुने कार्यक्रममा उपस्थिति जनाइ प्रशिक्षित हुने साथै परामर्श लिने अवसरको लाभ लिन आयोजकले आग्रह गरेका छन् ।
कार्यक्रम हुने समय र जुम अाइडी
मार्च १२ शनिवार
बेलुकी ८ बजे कोरियाली समय
जुम आईडि :896 7880 2931
पासकोड :977977