शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम हुने


दोलखाली समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक समाज दक्षिण कोरिया , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया मिलेर शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम गर्ने भएको छ । आउँदो शनिबार बेलुकी ८ बजे हुने कार्यक्रमलाई न्युरो मनोचिकित्सक डा. सन्जिब चन्द्र गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार डा. रमेश ढकालले प्रशिक्षण दिने भएका छन् ।
कोरियामा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि आयोजकलाई आग्रह गरेका छन् । ‘व्यस्त कार्य दैनिकीबाट थोरै समय आफ्नो लागि छुट्याउनु राम्रो हो । यो कार्यक्रमले कोरियामा रहेका हामीलाई फाइदा पुग्छ । साथै केही आफ्ना समस्या छन् भने पनि विज्ञ डाक्टरहरुसँग सोध्न सकिन्छ । त्यसैले पनि कार्यक्रममा सहभागिताको लागि आग्रह गर्छौ ।’ दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष निर्मल कार्कीले भने ।
डाक्टर ढकाल शंकरापुर अस्पतालका निर्देशक हुन भने डाक्टर गौतम सोही अस्पतालमा न्यूरो मनोचिकित्सकका रुपमा कार्यरत छन् । दुबै जना डाक्टरहरुले आफ्नो क्षेत्रमा लामो समय देखि विषय विज्ञका रुपमा कार्य गरेका पनि आयोजकहरुले बताएका छन् ।
भर्चुअल माध्यमबाट हुने कार्यक्रममा सुगर, प्रेसर, ग्यास्ट्रिक लगायत डिप्रेसन, एन्जाइटि, ओसोडि, तनाब बारे परामर्श हुने पनि आयोजकले जनाएका छन ।
दिने भएको हुनाले उक्त कार्यक्रममा उपस्थिति जनाइ प्रशिक्षित हुने साथै परामर्श लिने अवसरको लाभ लिनहुन सम्पुर्ण कोरियाबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम हुने

मिति: २०२२ अप्रिल ०९
समय : बेलुकी ८ बजे(काेरियाली समय)
स्थान : जुम भर्चुअल
आइडी : 86074857593
पासकोड: healthcare

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...