Advertisement
SKIP THIS

रुप गुरुङले चुमे लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी


कोरियामा रहेको ख्वाङ्ग्वेन पूल क्लब (GPC)ले आयोजना गरेको लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी रुप गुरुङले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी पासाङ शेर्पालाई फाईनलमा ६-५ सेटको अग्रता लिदै पाखा लगाएका गुरुङले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् ।

सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल पासाङ शेर्पाले दश लाख वोन सहित ट्रफी प्राप्त गरे भने तेश्रो स्थान हासिल गरेका शिव लिम्बुले पाँच लाख वोन सहित मेडलमा चित्त बुझाए । प्रतियोगिता भरी जिवन सिङ्जाली मगर उत्कृष्ट खेलाडी घोषित हुँदै आकर्षक ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे । तेज गुरुङको संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले भाग लिएका थिए । गत डिसेम्बर महिनाबाट शुरु भएको सो प्रतियोगितामा टाईसीटको आधारमा चरणबद्ध रुपमा खेल सञ्चालन गरिएको थियो ।

मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो प्रतियोगिताले खेलाडी र दर्शकहरुमा मनोरञ्जन मात्र नभएर एक आपसमा बन्धुत्व र आपसी सम्बन्ध कसिलो बनाएको संयोजक तेज गुरुङले बताए । कोरोनाको संक्रमणको कारण अन्य प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र नेपाली प्रवासीहरुको मनोस्थितिलाई प्रतियोगिताको माध्यमबाट नेपालीपन र अपनत्वको भावना अझ मझबुत बनाएको लुम्बिनी रेष्टुरेन्टकी सञ्चालिका परी गुरुङले बताईन् ।

कोरियामा नेपाली समुदायविचको अहिले सम्मकै ठूलो पुरस्कार राशी रहेको र शुभेच्छुकहरुको सहयोग रहेको सो लुम्बिनी लिग पूल टुर्नामेन्टको पहिलो पुरस्कार ट्रफीका लागी प्रविण गुरुङ (रापकोटे), दोश्रो पुरस्कार राशी दश लाख कोरियन वोनका लागी लुम्बिनी रेष्टुरेन्ट, तेश्रो पुरस्कार राशी पाँच लाख कोरियन वोनका लागी माया मार्ट र एचडी मोबाईल दोङ्देमुनले सौजन्य गरेका थिए । पूल बल सौजन्यमा मिलन मगर र तुरन बहादुर गुरुङ, आकर्षक गिफ्ट ह्याम्पर सौजन्यमा GMONEY ट्रान्सफर, पोष्टर/ब्यानरका सौजन्यमा DJ RX र बेष्ट प्लेयर ट्रफीका सौजन्य सुशील श्रेष्ठ रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...