नेपाल प्रवास संगठनको अधिवेशन सम्पन्न : अध्यक्षमा पासाङ नोर्बु शेर्पा

जनता समाजबादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाको पहिलो आइतबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पासाङ नोर्बु शेर्पा सर्बसम्मत अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सन्तोष ‘टेन्कुम’ राई, उपाध्यक्षहरु नुबेन्द्र थाम्सुहाङ लिम्बू, भिष्मभिर छन्त्याल, पवित्रा थेवे, राज चेमजोङ, बिजया राई, महासचिव विनेस (राधुङ्छा)राई, उपमहासचिव नवराज योञ्जन तामाङ, सचिव उमेश राई र सह सचिव बिक्रम नेम्वाङ चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा सन्तोस थुलुङ राई, सहकोषाध्यक्ष कर्साङ गोले र सदस्य सपना सेलिङ रहेका छन् ।
लामो समय देखि कोरियाको बिभिन्न संघ संस्थामा काम गरि सकेका शेर्पा राजनीतिमा पनि सक्रिय छन् । ‘हामीले विगतका कामहरुलाई हेरेर नयाँ उर्जाशील काम गदै जाने हो । हाम्रो पहिचानको मुद्दालाई लिएर विदेशबाटै भए पनि सकेको कार्य गरिरहने छौं ।’ नवनिर्वाचित अध्यक्ष शेर्पाले भने ।