किरात राई यायोक्खा कोरियाले भब्यताका साथ साकेला मनाउँदै
किरात राई यायोक्खा दक्षिण कोरियाले जुन ५ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। विगतका वर्षहरुमा आयोजना गरिएकै स्थान सौल स्थित सुङ्गिन ग्रीन पार्कमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने छ।
प्रत्येक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला २ वर्ष कोरोनाका कारण औपचारिकता सहित सभा हलमा मात्र मनाइएको थियो भने सन् २०१९ मा अल्ट्रा धावक मिरा राई र गायिका बेनुका राईको उपस्थितिमा साकेला मनाइएको थियो।
कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू, विद्यार्थी , व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ।