चुम्लुङ बुसान शाखाको चौथो अधिवेशनबाट संजोग कन्दङ्वाको नेतृत्वमा नयाँ कार्यसमिती
जुन ५ तारिख आइतवार किरात याक्थुङ चुम्लुङ बुसान साखाको चौथो अधिबेशन सम्पन्न भएको छ्। अधिवेशनले संजोक कन्दङ्वाको नेतृत्वमा २१ सदस्यिय नयाँ समिति गठन गरेको छ्।
उक्त अधिवेशनले बरिस्ठ उपाध्यक्षमा सबिन लिङ्खिम यसैगरी उपाध्यक्षहरु मा दिवश वनेम रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो लाई चयन गरेको छ भने सचिवमा चन्द्र लिम्बू र सह- सचीव गोपाल लिम्बू चयन भएका छन्। कोषाध्यक्ष श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वाले जिम्मेवारी सम्हाल्ने भएका छन्। सदस्यहरुमा विवेक निङ्लेखु , इन्द्र लिम्बू , राज नेम्बाङ , किरण लिम्बू , सन्तोष योङ्हाङ , दिलिप खापुङ , अदृश्य कन्दङ्वा , नाम्बिन लिम्बू , सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा रहेका छन्।
चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एव् क्षेत्रीय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।