स्वभावले हिटलर बुवाः हार्दिक श्रदाञ्जली, काँध थाम्ने आमा र परिवारमा धैर्यधारण शक्ति मिलोस
शनिबारको दिन ओभरटाइम काममै बिहानको ९ बजे परिवारको मेसेन्जरमा फोन आयो बुवा बित्नुभयो । एकछिन केही बोलिन, के भन्छौं भनेर पुनः सोधें । हो भाउजुले खबर दिनुभएको बनेपाबाट छोरी र म जान लागेको श्रीमतीको जवाफ आयो ।
गाँउमा दाइलाइ फोन गरे । मलाइ कुर्न सक्नुहुन्छ म सोमबार मंगलबारसम्ममा उडान मिति सारेर आउछु । छोराले काँध थाप्नुपर्छ । दाइले बुवाको अवस्थाले गाह्रो छ, सल्लाह गरेर खबर गर्छु भन्नुभयो । बुवा ४ महिना यता फोक्सो क्यान्सरले हस्पिटल-घर-हस्पिटल गर्दै उपचारत हुनुहुन्थ्यो ।
तत्कालै मैले HRD परामर्श केन्द्रमा फोन गरेँ । शनिवार भएकोले कोरियन परामर्शकर्ताले फोन उठायो । बुवाको खबरले म आजभोलि तत्कालै नेपाल जानुपर्ने भयो के छ प्रवधान भनेर ।
सुरूमा त बुझेनन् मेरो भनाइ पछि बिस्तारै भने, कुरा बुझेपछि तत्कालै अनलाइनबाट निवेदन डकुमेन्टहरू पठाए पनि छुट्टीको दिन भएकोले सोमबार मात्र हुने बतायो । म निरास भएँ । मैले बुवालाइ काँध नि थाप्न नपाउला जस्तो भयो ।
कोरोनाले गर्दा झण्डै ४ बर्ष लामो परदेशको बसाइ जुलाइको पहिलो हप्तासम्मको भिषा थियो । म ४ बर्ष १० महिना, १ बर्ष र ५० दिनको थप कोरोना भिषा । घर जान आत्तुर थिए । तैपनि बुवाको अवस्थाले मन आत्तिएर जुन २२ मा कार्यकाल सकाएर स्वदेशफिर्ती प्रकृया सबै पूरा पश्चात १२ दिन बाँकी छ । साइलो भाइ २०१५ र म २०१६ मा कोरिया प्रवेश गरेको हामीले परिवार खुशी रहोस् भन्ने चाहना र कोसिस सधैं गरिरह्यौं ।
दाइलाई फोनमा सोमबार वा मंगलबार जसरी नि आउछु । दाइले गाँउले दाजुभाइ सँग सल्लाह गर्दा आइतबारभन्दा बढी समय बुवालाइ राख्न नमिल्ने कुरा भएछ । प्रकृया मिलाएर आउनुभनेपछि मैले नमिल्ने भए त जबरजस्ती गर्न मिल्दैन । मन अमिलो पार्दै स्वीकार्नुको शिवाय केही बोल्न र गर्न सकिएन ।
बनेपाबाट निस्कीसकेका आमाछोरीलाइ फोन गरेर भने राम्रोसंग जानु । मैले बुवा मरेपछि नि काँध थाप्न नपाउने । म अभाग्यमानी छोरो मंगलबार नेपाल आइपुग्छु भने । तपाइको साटो म छुँ, म थाप्छु बुवालाइ काँध, बिस्तारै ढुक्कले आउनुहोस् जे गर्नुपर्छ म गर्छु चिन्ता नगर्नु भनिन् । उनको ती ओजिलो शब्दले मन अलि हलुका भयो । सहास पाएँ,परदेशी न परे काम गर्दै मनलाइ सम्हालें ।
यो परिस्थितीमा आफू र परिवार सम्हाल्नुपर्छ लागेर बुवाको मेसेन्जरमा एक्टिभ देखेर फोन गरे बहिनीले फोन उठाइन तर डाको छोडेर रोइ । त्यतिखेर मसंग बोल्ने कोही थिएन । त्यतिकैमा फोन राखेँ ।
कम्पनीको मेनेजर र साहुलाइ सुनाए । म सोमबार मंगलबार नेपाल जान्छु आज र भोलि छुट्टी भएकोले भने दुबैले दुखद खबर चिन्ता नलोउ भने । साहुले टिकट खोज, भनेपछि मैले ट्राभलको ध्यान राई दाइ लाइ सबै सुनाए मलाई सोमबार मंगलबारको टिकट मिलाइदिनुस् । उहाँले नि दुखित हुदैं सोमबार ट्रान्जिट उडानले मंगलबार मात्र पुग्छ बरू मंगलबार कोरियन एयरमा जानु भन्नुभएपछि हुन्छ भने ।
थेग्छेन छ्योईलिङ सउल गुम्बाको कुन्साङ दोर्जे लामा गुरूलाई बुबाको नाममा बात्ती बालिदिनुहुन अनुरोध गरें । उहाँले मैले जानेको विधी पूरा गरिदिन्छु, यो समयमा धैर्य गर्न पनि सम्झाउनुभयो, नून तेल बार्नु नपर्ने, फूलमाला, खादा नलाउने र मासुजन्य खाना बार्नु भएमा राम्रो भनेर सल्लाह दिनुभयो ।
त्यतिबेला सम्ममा दिउसोको खाना खाने समय भयो, किचेन छिरे सागलाई पकाएर दहीसंग रूचेजति भात खाए । साथीहरूले तयारी मासु र दालसंग । हाम्रो गाउँ तिर भए नून, तेल बार्नु पर्थ्यो ।
काम सकेपछि साथीहरूसंग साझँ ५ बजेतिर बजार निस्के, जुस, फलफूल र दूध लिएर चाडैं फर्के ।
घरमा फोन गरेको सबैको आवाज मधुरो थियो । भाइले आमासंग बोल्ने भनेपछि आमाको आवाज फोनमा सुनियो, मधुरो स्वरमा आमा हिजोमात्र कुरा भएको, तपाई र मेरो आज यस्तो भयो । हाम्रो… भने मैले । आमाको मधुरो हुदैं भक्कानिएको स्वर सुनियो ।
खै के गर्ने, बुबाले राम्रोसंग बस्नु, ४ भाइ छोरा छ जसले माया गर्छ उहीसंग बस्नुभन्यो अब म त हारिसके मर्छु राम्रोसंग बस् भनेको…. बुबाले । आमाको रोदन सहितको स्वरले मैले नि आफूलाई सम्हाल नै सकिएन । बिचरा मेरी आमा पनि आफ्नो जिवनसाथी बुवाले छोडेर जानुहुदाँ के सम्हाल्न सक्नुहोला ।
म पनि सात महिनामा जन्मेकी बुवाले टपरी राखेर हुर्काएको रोगी पछि तिम्रो बुवाले उपाचार गरेर यति सम्म आईपुग्यो, म पो अगाडी….. भन्दै हुनुहुन्थ्यो । त्यस्तो होइनभनेर सम्झाउदै थिए… मेरो आवाज सुनेर आमाले दाइ, भाइ र तिम्रो नि बुहारी छिन् । बिस्तारै राम्रोसंग आउ, भगवानलाई सम्झेर आउनु यस्तै रहेछ भनेर मलाई उल्टै सम्झाउनुभयो । साहासी मेरी आमालाई धैर्य धारण गर्ने शक्ति मिलोस् भगवान…
शुक्रबार दिउसोँ आमाले छोरा… बुवा अब धेरै बाँच्नुहुन्नजस्तो छ, के नेपाल आउन सक्छौं ! भन्नुहुदाँ आमा…. कम्पनीमा कामदार कम छ, कामको चाप छ, जुन २२ को टिकटलाई त किन छिटो जान लागेको ढिलो जाँदा हुन्न भनेर सोधिरछ, अब केही दिन त छ, त्यति कुर्योभने त पुन कोरियामा प्रवेश गर्न मिल्छ आमा…म अर्को बुधबार आईपुग्छु भने । फोन गर्दै गर्नुभने, त्यसो भएत ठिकै छ त यता नेपाल आउनेलाई फर्किन गाह्रो छ, नयाँलाई त्यति गाह्रो हुदों रहेछ, त्यही मितिमा आउदाँ हुन्छ भनेर फोन राखिएको थियो ।
सामान्य परिवारको बुवा १६ बर्षको सानै उमेरमा बिहे भएपश्चात एक दशक बर्षबढी भुटानतिर पलायन हुनुभएको आमाले प्रसंगमा कुरा निकाली राख्नुहुन्छ । सन्तानका सबैको छोराछोरी हुर्किसकेकाले बाँकी आफ्नो सन्तान नहुदाँ आफ्नै परिवारको सदस्यहरूले समेत तुच्छ शब्द (अपताली) ले गाली गर्नुहुन्थ्यो बुवाआमासंग ।
आमाबुवा २९ बर्षको हुदाँ जेठा सन्तान दाइको जन्मले परिवारमा खुसीको सिमा रहेन । अहिले म माइलो छोरा हामी चारभाइ छोरा र एक बहिनी गरी पाँच सन्तान उहाँको । तीन दाजुभाइको बिहे भैसक्यो दाइको २ छोराहरू मेरो १ छोरी छ, नातीनातिनी हजुरबुबा उहाँ ।
पेशाले सिकर्मी डकर्मी, जडिबुटी औषधीमा विज्ञ र अधिकतम समय पूजारी, धामी झाक्री झारफुक गर्नुहुन्थो । बुवाले परिवार खासै ध्यान दिनुभए जसो लाग्दैन तैपनि स्वभावले हिटलर बुवा हुनुहुन्थो । अवाज सुन्ने बित्तिकै सबैजना चुपचाप हुने गर्दथ्यौं ।
बस्तुभाउ देखि मनिस बिरामी हुदाँ आफ्नो स्वास्थ्य, समय र स्थानको कुनै प्रवाह नगरी सके जानेको विधीः पूजापाठ र मन्छाउन पुग्नुहुन्थ्यो । दिउँसो समयमा टाढैबाट नाम लिएर बोलाउने, धेरैले घरमै बोलाउन आउथ्यो । फोनको सुबिधा भएयता फोनबाटै बोलाउनुहुन्थ्यो । यति सम्मकी बोलाउदा काभ्रेदेखि काठमण्डौंसम्म २-४ घण्टा १/२ दिनको समय मिलाएर धाउनुहुन्थ्यो ।
आफ्नो सन्तान, परिवार र नातागोताले सम्झाएको छेउ टेर्नुभएन । तीन दाजुभाइ र तीन दिदीहरू सन्तानको माइलो छोरा बुवा एक्लै हुनुहुन्थ्यो उहाँ पनि आज बिहानको साँढे ४ बजे ६१ बर्षको उमेरमा परलोक हुनुभयो । धेरैलाई औषधी उपाचार र जीवन दिनु भएका बुवा सानैदेखि हक्की स्वभाव बुवा गाँउ, समाज, लेकबेशीको धर्मकर्म मै आफ्नो जिबन बिताउनुभयो ।
मेरी आमालाई कालो अक्षर भैसी बराबरकी हुनुहुन्छ । क ख ग र १ २ ३ मात्र पढ्नलेख्न आउने बुबाले औपचारिक शिक्षा लिनुपर्छ, शैक्षिक रूपमा अघि बढ् म छु र तिमीहरू ईमानदार र मिहेनती बन्नुपर्छ भन्ने शिक्षक हुन मेरा आमाबुवा । बाटो देखाउनुभयो हामीले संघर्ष गर्यौं । फालस्वरूप आज समाजले फालनोको छोराले जसरी पढ्नु, प्रगाति गर्नुपर्छ भनेर तपाईको नाम लिन्छन् ।
बुवा शरीरमा शक्त्ति हुन्जेल समाज सेवा र कुलतमा फस्नु भयो । अन्ततः भगवानको प्रिय हुनुभो । सायद सबैले सम्झिरहनु हुन्छ। हजुर अमर हुनुहुन्छ । हार्दिक श्रदाञ्जली हिटलर बुवा (मादले माइला) ।
लेखकः दुध लोप्चन, दक्षिण कोरिया, २०२२ जुन १० शनिबार