Advertisement
SKIP THIS

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशनबाट अध्यक्षमा लिल बहादुर गुरुङ


मनु कोन्मे गुरुङ, पोखरा

नेपाल तमु (गुरुङ ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय कार्यालय मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल तमु (गुरुङ) बिद्यार्थी छोंज धीँ केन्द्रिय कार्यसमितिका पुर्व महासचिव बिष्णु गुरुङ संयोजक,सदस्यहरु अमर गुरुङ र सपना गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले लिल बहादुर गुरुङको अध्यक्षतामा २७ सदस्यीय निर्वाचित कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उक्त पाँचौं जिल्ला अधिवेशन बाट अध्यक्षमा लिल बहादुर गुरुङ , उपाध्यक्षमा अमृत गुरुङ, महिला उपाध्यक्षमा सफी गुरुङ, सचिवमा इना गुरुङ, सह-सचिवमा पवन गुरुङ (गोरखा), कोषाध्यक्षमा सलु गुरुङ निर्वाचित भएका छन् । त्यसै गरि शैक्षिक बिभाग प्रमुखमा बुद्ध गुरुङ,भाषा सांस्कृतिक बिभाग प्रमुखमा बिद्या गुरुङ, खेलकुद बिभाग प्रमुखमा सुजन गुरुङ, अनुशासन बिभाग प्रमुखमा प्रीति गुरुङ निर्वाचित भएका छन् भने सदस्यहरुमा अनिता गुरुङ, सौगात गुरुङ, दिपक्सी गुरुङ, रेखा गुरुङ, शर्मिला गुरुङ, जेनिथ गुरुङ, पुनित गुरुङ, कुसुम गुरुङ, संजित गुरुङ, सुदिप गुरुङ, रिजल गुरुङ, मनोज गुरुङ, राजु गुरुङ, ओम प्रसाद गुरुङ, निरुता गुरुङ, सबिता गुरुङ र निर्मला गुरुङ निर्वाचित भएका छ्न् ।

अधिवेशनमा नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय समितिका अध्यक्ष पुकार गुरुङ, महासचिव पुर्ण गुरुङ, पुर्व महासचिव बिष्णु गुरुङ र रस गुरुङको उपस्थिति रहेको थियो ।

निर्वाचित कार्यसमिति लाई निर्वाचन समितिका संयोजक बिष्णु गुरुङले बधाई तथा शुभकामना दिँदै सपथ ग्रहण गराएका थिए । अधिवेशन बाट निर्वाचित कार्यसमितिका अध्यक्ष उपाध्यक्ष र सदस्यहरु लाई नेपाल तमु (गुरुङ) बिद्यार्थी छोंज धींका अध्यक्ष पुकार गुरुङले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष लिल बहादुर गुरुङले आफ्नो मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...