दक्षिण कोरियाबाट बिरामीलाई आर्थिक सहयोग
दक्षिण कोरियाबाट बिरामीको लागि संकलित रकम १८ लाख वन अर्थात १ लाख ८० हजार रुपैयाँ नेपालमा बिरामिको आफन्तलाई हस्तान्तरण गरिएको छ्।
कुम्मायक गाउपालिका -१ खाल्ले, पाचथर निवासी मकर नयन चाम्लिङ राईको छोरा श्राम कुमार चाम्लिङ राइको उपचारार्थ सहयोग संकलन गरिएको थियो। निज राई कलेजो सम्बन्धी रोगको कारण बिगत केहि समय अघि देखी ग्रीन सिटी हस्पिटल बिराटनगरमा उपचाररत थिए। स्वास्थ्यमा क्रमिक सुधार भएपछि अहिले डिस्चार्ज गरिएको छ्। नियमित औषधी सेवनले थप सुधार नभएमा रगत लगाउनुपर्ने चिकित्सकको सल्लाह रहेको छ।
बिरामीको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले दक्षिण कोरियामा मान वन सहयोग अभियान चलाइएको संयोजक संजोग कन्दङ्वाले जानकारी दिएका छन । साथै सहयोगि मनहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन्।