नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अघिवेशन सम्पन्न अध्यक्षमा किसन गौतम निर्वाचित
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सातौं अधिवेशन आइतवार सौलमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद गौतम (किसन) निर्वाचित भएका छन् ।
कार्यसमितिका अन्य पदहरुमा वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, उपाध्यक्षमा विक्रम बज्यू र केशव पोख्रेल चुनिएका छन् । त्यस्तै महासचिवमा बासुदेब भट्ट, सचिव पदमा कोकील पौडेल र कमला केसी रहेका छन् । नयाँ कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी निर्वाचित भएकी छिन् भने सदस्यहरुमा राजकुमार तामाङ, सन्दिप गिरी र विशाल श्रेष्ठ रहेका छन् ।
निर्वाचन प्रक्रिया मार्फत विजय भएका गौतमले १६ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्ष पदका प्रत्यासी सविना कार्कीले १० मत प्राप्त गरेकी थिइन । गौतम यस अघिको कार्यकालमा बरिष्ठ उपाध्यक्ष रहेका थिए भने कार्की सदस्य पदमा रहेर काम गरेकी थिइन् ।