किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिखमा हुने
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिख शनिबार हुने भएको छ । चुम्लुङले कोरियाको लामो विदा छुसकमा कोरियामा रहेका नेपालीहरुको लामो बिदा हुने भएकोले सबै सजिलै भेटघाट हुने भएकोले अधिवेशन गर्न लागेको जनाएको छ ।
हामी, हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं । भन्ने मुख्य नारा रहेका महाधिवेशमा कोरिया रहेका सबै नेपालीलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ ।
दोङदेमुनको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम विहान १० बजे देखि सुरु हुने अध्यक्ष मिराक लिम्बूले जानकारी दिएका छन् । ‘लामो छुट्टि हुन्छ साथीभाइ भेट्न पनि सजिलै सकिन्छ । त्यसैले पनि छुसक नै रोजेका हौं । कोरियामा रहेका सबै साथिभाइलाई कार्यक्रममा उपस्थित हुन आग्रह गर्छु ।’ उनले भने । ‘हामीले दक्षिण कोरिया र नेपालमा पनि विभिन्न खालका सामाजिक र जातिय अस्तित्वका कामहरु गरेका छौं । यसमा आफ्नो विचार टिप्पणीका लागि पनि महाधिवेशन आएर सुझाब सल्लाह दिन सबैलाई अनुरोध गर्छु ।’