स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव यही सेप्टेम्बर ११ मा हुने


कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही सेप्टेम्बर ११ मा सउलस्थित 서울시 중구 정동길 3-04518 경향신문사 12 층को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो जयन्ती मनाउने भएको हो ।

“कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन गरी सम्पूर्ण तयारी सहित सो कार्यक्रम गर्ने पक्कापक्की भएको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारी दिए ।

सन् १९९७ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाको संक्षिप्त परिचय, भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने रजत जयन्ती कार्यदल संयोजक कुमार थापाले बताए । कोरियास्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयता कायम राख्दै संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्ने काम भएको, सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा प्रकाशन गरिने साथै सहयोगीहरुलाई सम्मान गरिने केन्द्रीय सचिव माधव अर्यालले स्पष्ट पारे ।

गौरवशाली इतिहास बोकेको स्याङ्जा परिवार दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्व, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले अपिल गर्दै कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...