Advertisement
SKIP THIS

शिष्टाचार अभियानले सुरक्षागार्ड गुरुङलाई राष्ट्रिय सम्मान गर्ने


काठमाण्डौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । शिष्टता, सभ्यता र संस्कारका निम्ति अभियान नै चलाईरहेका शिष्टचार अभियानले सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दनसहित सो सम्मान गरिने भएको हो ।

“म मन्त्री जान्दिन, लाइनमा बस्नुहोस् भन्ने सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दन ।”, साबिकको हाँसपोसा गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा घर भई हाल अमेरिकामा रहनुभएका शिष्टचार अभियानका अभियानकर्ता एवम् समाजसेवी सुमन दाहालले आफ्नो फेशबुक पेज मार्फत यो जानकारी गराउदै भन्नुभएको छ, “हामी उहॅालाइ राष्ट्रिय सम्मान प्रदान गर्दछौं । उहाँले समय र स्थान बारे यथासिघ्र जानकारी गराउने बताउनुभयो ।”

शिष्टचार अभियानसँगै इटहरी २० तरहरा घर भई हाल अमेरिका रहनुभएका समाजसेवी हरिहर दाहालले पनि सुरक्षागार्डलाई राष्ट्रिय सम्मान प्रदान गर्नका लागि आवाज उठाउदै त्यसका लागि आफूबाट आर्थिक, नैतिक सबै सहयोग हुने जनाउनुभएको छ ।

विना शर्त रिहाईको मागः

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व सञ्चारर्की रवि लामिछानेले सुरक्षागार्डलाई भेटेका छन् । रविले भन्नुभएको छ, “प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।” गुरुङको भनाई उद्धत गर्दै रविले आफ्नो फेशबुकमा लेख्नुभएको छ, “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।” सुरक्षागार्डको पक्षमा सामाजिक संजालमा पनि विनाशर्त रिहाई हुनुपर्ने भन्दै चर्को आवाज उठेको छ ।

उता, तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पनि उनको विनाशर्त रिहाईको लागि माग गरेको छ । संघका केन्द्रीय सदस्य नवीन गुरुङले फेशबुक मार्फत सो माग गर्दै तमु (गुरुङ) नेतृत्वलाई सुरक्षागार्डको तत्काल रिहाईको लागि पहल गर्न अनुरोध गरेका छन् । यसैबीच चौतर्फी विरोधपछि, तर्सिएका मन्त्रीले आफै गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई अनुरोध गरेपछि गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई छाड्न निर्देशन दिएका थिए । गुरूङ आजै रिहा भइसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...