काेरियामा नेपाली साईकल यात्रीहरुले प्राप्त गरे गाेल्ड मेडल
इपिएस प्रणाली मार्फत काेरिया आई रोजगारीमा रहेका ४ जना नेपाली साईकल यात्रीहरुले “स्वास्थ्य नै धन हाे, साईकल चलाउनु एउटा प्याशन मात्र नभई स्वास्थ्यकाे लागि अति उत्तम कसरत हाे ।” भन्ने नारा सहितको सउल बुसान साईकल मार्ग सम्पन्न गरेकाे साईकल यात्रीहरुले यस वर्षकाे छुसक विदा (2022.09.) मा भने व्यानरमा संसारका सर्वाेच्च शिखर सगरमाथालाई प्रवर्द्धन गर्दै काेरियामा रहेकाे विश्व प्रसिद्ध जेजु-दाे टापु (Jeju-do island) 234 km साइकल मार्ग सफलता पूर्वक सम्पन्न गरेका छन् ।
गत वर्ष (2021) काे छुसकमा काेरियाकै सबैभन्दा लामाे दुरी (Longest Cycle Route of Korea, Seoul to Busan 633 km) मा रहेकाे सउल-बुसान साइकल मार्ग नेपाली झण्डा फहराउँदै पूरा गरेका थिए ।
प्रवासी जीवन र व्यस्त समयकाे बाबजुद पनि नेपालमा रहेकाे संसारको “सर्वोच्च शिखर सगरमाथा” लाई प्रबर्द्धन गरिरहेका साइकल यात्रीहरु सुर्य बहादुर गुरुङ, शम्भु धिमाल, श्री नवराज सुवेदी र प्रकाश अधिकारी काेरियाकाे (Certificate Of Cross Country Cycling Road) र गाेल्ड मेडल (Gold Medal) समेत प्राप्त गरिसकेका छन् ।
साइकलमा गाेल्ड मेडलिस्ट याे टिमले आउँदो नोभेम्बर महिनामा बुसानकाे किम्हेमा हुने राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता २०२२ मा भाग लिई अन्य नेपाली युवा पुस्तालाई पनि साईकल प्रति प्रेरित गर्ने याेजना रहेकाे छ ।