बजारमा सिपी मगरको ” आखैले खोज्यो तिमीलाई ” ( कोरियन डब्स भर्सन भिडियो सहित )
निश्चल काउचा
सोल – कोरियामा सिपी मगर परिचित नाम हो | कोरियामा चर्चित रहेको बिसौनी समुहका सदस्य मगर अहिले नेपालमा छन् | नेपाल गएको मौका छोपेर मगरले युवा पुस्ताकी चर्चित लोक दोहोरी संगीता थापा मगरसंग ”आखैले खोज्यो तिमीलाई” बोलको दोहोरी गीत बजारमा ल्याएका छन् |
शब्द , संगीत मगरकै रहेको छ | अहिलेसम्म करिब दुई दर्जन गीतमा शब्द तथा संगीत भरि सकेका मगरले गीतमा चाहि पहिलो पटक स्वर भरेका हुन् |मगरले फोनिज कोरियासंग कुरा गर्दै चाडै नै ओर्जिनल भिडियो बजारमा ल्याउने तयारी गरिरहेको र हालको लागि कोरियन डब्स भर्सनमा गीत सार्बजनिक गरेको बताए |