दक्षिण कोरियाको मानार्थ नागरिकताद्वारा धर्मगुरू कुन्साङ दोर्जे सम्मानित
सउल नेपाल गुम्बाका बैद्ध धर्मगुरू लामा कुन्साङ दोर्जेलाई सियोल महानगरले मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । धर्मगुरूले बौद्ध धर्म, सांस्कृति तथा सामाजिक सेवा मुलक कार्यक्रममार्फत कोरिया र नेपालबीच भाइचार सद्भाव कायम गर्न टेवा पुर्याइ काम गरेको योगदानलाई कदर गर्दै महानगरले शुत्रबार दिउँसो सम्मान गरेको हो ।
महानगरको सिटी हलमा रहेको हलमा धर्मगुरूलाई नागरिकताको प्रमाणपत्र र खादा तथा फूलको गच्छाले सम्मान गरेको छ । धर्मगुरू लामा सन् १९९९ मा कोरिया पहिलो प्रवेश गरेको थियो । उहाँको कोरियाली बौद्ध धार्मिक नाम गुण-ओ सिनीम् हो । उनी सियोलमा सउल नेपाल गुम्वा दक्षिण कोरियाका प्रमुख लामा हुन् । धर्मगुरू लामाले गुम्बा तथा व्यक्तिगत रूपमा कोरिया र नेपालीबीचको बौद्धधर्म प्रतिको मित्रता कायम, कला र सांस्कृति एकअपासमा अदानप्रदान, सामाजिक सेवा, कोरियन नागरिकप्रति माया-सम्मानका साथै बैदेशिक रोजगारीको लागि यहाँ आइपुगेका नेपाली नागरिकप्रति सर-सहयोग तथा सम्मान र विविध विरामीहरूको लागि उपचार सहयोग गर्दै आइरहेको छ ।
उहाँले नेपाली बौद्ध धर्मर कोरियाली बौद्ध धर्म दर्शन सम्बन्धी अध्ययन गर्नुभएका बौध्दिक व्यक्तित्व, समाजसेवी, बुद्दिजिवी तथा धर्मगुरू सउल नेपाल गुम्वा दक्षिण कोरियाका प्रमुख लामा एक परिचित नाम हो ।
सन् २००४ देखि उहाँलाई कोरियाली बौद्ध धर्म संघ जोगेको निमन्त्रणामा धार्मिक भिसा D-6 उपलब्धीका साथै नामयाङजु नगर मासोक वस्तीको बोग्वाङ्सा गुम्वामा १५ वर्ष अध्ययनमा कोरियाली बौद्ध धर्म, संस्कृति र कोरियाली जनजिवीका सम्बन्धी सिक्दै आइरहेको थियो । त्यसक्रममा कोरियामा नेपाली मजदुरहरूको बढ्दो प्रवेशसँग आप्रवासीहरूमा देखिदै अएको समस्यारहरूलाई समाधान र सहायोगका लागि सउल गङ्नाम ईर्वनदोङ स्थित ८ जनवरी २०१७ मा सउल नेपाल गुम्बा नामले स्थापना गरेका हुन् । गुम्वा स्थापनाको ६ वर्षको दौरानमा नेपाली जनसमुदायप्रति धेरै सहयोग पुगेको महासुस गरेको धर्मगुरू कुन्साङ दोर्जे लामाले बताउनुभयो ।
धर्मगुरू लामाले भन्नुभयो, `अब यो मानार्थ सम्मानपछि सउलमा नेपालीहरू लागी सामुदायीक आश्राम (सेल्टरघर)को स्थापना गर्ने पहिलो योजना छ । दोस्रोमा नेपाली गुम्बा अफ्नै भवन र जग्गामा स्थापना गर्ने सापना हो ।´ बाँकी समय समाजसेवामा अझ सशक्त भएर लागि पर्ने र नेपालको नामका साथै विश्वमा अग्लो हिमाल र बुद्ध जन्मेका लुम्बिनीको नाम राखेर चिनाउने कार्यलाई अझै अगाडी लैजाने लामाले बताउनुभयो ।
नेपालको संघीय राजधानी नजिकको जिल्ला ललितपुरमा जन्मिएको धर्मगुरू लामा हाल दक्षिण कोरियाको राजधानी सउलको १९ बर्षको बसोबासको दैरानमा छन् । `सियोल-ललितपुर दाँजेर हेर्दा ललितपूर कलामा धेरै नै कलात्मक छन् तर आधुनिक बिकास हुन नसकेकोमा दुखिद छु, किनकी सउलमा हरेक किसिम्को व्यवस्थित छ, विश्वका बस्न लायक एउटा नमुना सहर हो । जस्तै यातायातमा भनौ रेलवे नै धेरै किसिमको छ, सार्वजानिक यातायत सेवा राम्रो र व्यवस्थित छ । बाग्लो जनसंख्यालाई पनि व्यवस्थित तरिकाले सेवा-सुविधा प्रदान गरेको छ´, धर्मगुरू लामाले भन्नुभयो, यस्तै किसिमको व्यवस्थापन पनि नेपालमा कहिले हुन्छ होला, मेरो चिन्ता हो ।