थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन जनवरी २३ सोमबारमा माघी पर्व मनाउने
थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात जनवरी २३ सोमबारमा माघी पर्व मनाउने भएको छ । थारुहरुको महान चाड माघी कोरियामा रहेका थारु समुदायले प्रत्येक बर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन बर्ष देखि भएको छैन ।
थारु परिकार र कोरियामै रहेका थारु कलाकारहरुको बेजोड प्रस्तुती हुने थारु कल्याणकारी सभाका अध्ययक्ष शिवशंकर महतो थारुले बताएका छन् । ‘झण्डै तीन बर्ष पछि हामीले यो कार्यक्रम गर्न लागेका छौं । यसमा घोंगी, ढिंक्री लगाएतका हाम्रो परिकारको स्वाद लिन सकिन्छ । त्यसैले कोरियामा रहेका सबै नेपाली दाजुभाइहरुलाई दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भैदिन आग्रह गर्दछु ।’ अध्यक्ष चौधरीले भने ।
माघी कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रमस्थल दोङ्देमुन नजिकै रहेको सिन्दाङ स्टेशनको गेट नं.१२ निस्केर पुग्न सकिनेछ । यस अघि पनि थारु कल्याणकारी सभाले माघी पर्व मनाएको सङदोङछाछाछा मै यो बर्षको कार्यक्रम पनि हुने भएको हो ।