शेर्पा संघले ग्याल्पाे ल्होसार जनवरी २२ मा गर्ने
शेर्पा संघ दक्षिण कोरियाले सालनालको दोस्रो दिन जनवरी २२ तारिखमा ग्याल्पो ल्होसार मनाउने भएको छ । भाषा, लिपि, मौलिक चाडपर्व हाम्रो अभियान, ऐतिहासिक संस्कृति संरक्षण र विकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा सहित हुने कार्यक्रममा डिजे एपी तेन्जिङ र कोरियामा रहेका शेर्पा कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
‘२१५० औं ल्होसार कार्यक्रममा संस्कृतिक कार्यक्रम त हुने नै छ । शेर्पा जातिको सामाजिक पक्ष पनि कार्यक्रममा आएर हेर्न सकिने छ । हामी सबै समुदायका साथीभाइलाई कार्यक्रममा आई दिन आग्रह गर्दछौं ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङ गेल्जी शेर्पाले भने । ‘कोरियाको व्यस्त जिन्दगीबाट फुर्सत पनि हुने हाम्रो ल्होसारको शुभकामना आदनप्रदान तथा रात्री भोज पनि हुने भएकोले हामीले सलनालको दोस्रो दिन कार्यक्रम गर्न लागेका छौं ।’ उनले भने ।
कार्यक्रम सोल मेट्रो लाईनको नम्बर १ को जोङगाग स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरामा बुफेमा हुने र जनवरी २२ को बेलुकी ७ बजेबाट विहान ६ बजेसम्म रातै भरि ल्होछार कार्यक्रम हुने संघका सचिव अाङपसी शेर्पाले जानकारी दिए ।