कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास भातृ संगठन गठन हुने
दक्षिण कोरियामा नेपालको चौथौ राष्ट्रिय पार्टीको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभाग गठन हुने भएको छ । यहि जनवरी १५ तारिख सिओलको दोङम्योआप स्थित रहेको नमस्ते रेष्टरुेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभागको तदर्थ समिति गठन गर्ने विभागका संयोजक जिपी तिमिल्सीनाले जानकारी गराउनु भएको छ ।
विभागका संयोजक तिमिल्सीनाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने र पार्टीका उपसभापति डिपी अर्यालले जुम र्भचुअल मार्फत सहभागी जनाउदै शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेको थप जानकारी दिनु भएको छ ।
सोही दिन दक्षिण कोरियामा विभिन्न पेशामा आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा शुभेच्छुकहरु बीच भेटघाट तथा अन्र्तक्रिया गर्दे संगठन निर्माण र सदस्यता विस्तार सम्बन्धमा पनि गहन छलफल गर्ने विभागका एक सदस्यले जानकारी दिनु भएको छ ।