कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन
दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ । एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् ।
कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए ।
पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछानले विदेशमा रहेको नेपालीहरुले पनि देशको निर्वाचनमा प्रत्क्षय सहभागीता जनाउन सक्ने निती निर्धारण गर्न लागेको जानकारी गराए । पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले विभिन्न राष्ट्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठनहरु गठन हुने कार्य तिब्र रुपमा भई रहेको जानकारी गराउदै हाल गठन भई रहेको तदर्थ समितिलाई १ बर्ष भित्र पूर्ण कार्यसमिति बनाउने प्रक्रियामा पार्टी लागी परेको जानकारी दिए । सो कार्यक्रममा कोरिया स्थित बिभिन्न राजनिति, क्षेत्रिय सामाजिक संस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
पार्टीको प्रवास भातृ संगठन प्रवास नेपाली सम्पर्क विभागको तदर्थ कार्यसमितिको पदाधिकारीहरुको मनोनय विवाद रहित हाेस् भन्ने उददेश्यका साथ बन्दसत्रको सहजीकरण संयोजकमा बरिष्ठ पत्रकार डम्बर सुब्बालाई जिम्मा सुम्पिएको थियो ।
सहजीकरण संयोजक सुब्बाले कार्यक्रममा उपस्थित मासबाट लोकतान्त्रिक तवरबाट तयार पारिएको कार्यसमितिका पदाधिकारीहरु उपर दावी विरोधको समय राखी सर्वसहमतीमा तदर्थ कार्यसमिति मनोनित भएको घोषणा गरेका थिए ।
नवनिर्वाचित तदर्थ कार्यसमितीको सभापतिमा जि.पि. तिमल्सिना,उप–सभापतिमा राजन श्रेष्ठ,महा मन्त्रीमा अवधेष राज चौरासिया,सह महामन्त्रीमा अर्जुन जागरी कोषाध्यक्षमा डा.लोक आचार्य, सह कोषाध्यक्षमा लक्ष्मण पौडेल र सदस्यहरुमा मनोज चापागाई,कमल बिश्वकर्मा,सुस्मिता खड्का,युविन श्रेष्ठ र संजोग राई रहेका छन् ।