जेजुदोमा सोनाम ल्होछार
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । मञ्जुश्री सम्वत् २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो ।
जेजुमा सन् २०२१ मा घेदुङकाे क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ केन्द्र सौलका उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो ।
उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको हुनसक्पछ । यसलाइ पाठकाे रूपमा लिएर आगामी दिनको सुधार्ने छाैं ।’ उनले भनिन् ।
कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भएको थियो । ल्होछारको सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक आशुसेन लामा आइपुगेका थिए । उनले आधा दर्जन सेलो तथा नेपाली चर्चित गीतहरु गाएर दर्शक नचाएका थिए। सांगीतिक प्रस्तुतिमा गायिका रिचा ब्लोन तामाङ, र्यापर जिएम जोन थियो । र नृत्यमा प्रतिज्ञा लामा, प्रतिक तामाङ, झरना वि.क. प्रस्तुति थियो । ल्होछार कार्यक्रममा तामाङ सेलो र म्हेन्दोमाया गीतमा दर्शक सबै नाचेका थिए । प्राविधिकमा धर्मराज गाैतमले सहयोग गरेका थिए। कार्यक्रममा घेदुङ जेजुदो शाखाले गायक आशुसेन लामा, नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङ, ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, गायिका रिचा ब्लोन तामाङ र धनजित तामाङलाई मायाको चिनोको साथमा दोसल्लाले सम्मान गरेको थियाे । नेपालबाट ल्होछार पूजाको सामग्रीहरू थाङ्का, सगुन पोङ, नाङसाल, दार्ज्यु, बुद्धिष्ट झण्डा लगायत तामाङ चलचित्र निर्देशक विनय दोङ तामाङले समयाेजन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, एनआरएनए जेजुदो शाखाका अध्यक्ष सुमन हाङश्रोङ, एनआरएनए निवर्तमान संयोजक कमल प्याकुरेल, किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य अर्जुन तुम्बापो, नेपाल आदिवासी जनजाति महासंघका सचिव सरिता राई, तमु धीका सचिव रुपक गुरुङलगायतका अथितिहरुकाे सहभागीता थियाे ।
तस्विरमा जेजु ल्हाेछार