दूताबासले तीन बिषयमा छलफल गर्ने
सोल-सोलस्थित नेपाली दूताबासले कोरियामा रहेको नेपाली समुदायसंग तीन बिषयमा छलफल गर्ने भएको छ |
दूताबासले सेप्टेम्बर / अक्टोबरमा आयोजना गर्न लागेको ‘भूकम्पपछि नेपालमा लगानीको अवसरहरु’ बिषायक सेमिनार, भूकम्प पीडित नेपाली जनता र सरकारलाई सहयोग गर्ने कोरियन / नेपाली संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने बिषय र आउदो दशैंमा आयोजना हुने राजदूत रनिङ शिल्ड प्रतियोगिताको ब्यबस्थापन बारे छलफल गर्न लागेको हो |
भोलि २६ तारिख आइतबार दिउसो ४ बजे दूताबसकै सभाहलमा हुने छलफल कार्यक्रममा कोरियामा कार्यरत सामाजिक, राजनीतिक , सास्कृतिक, खेलकुद जातीय , क्षेत्रीय संस्थाका अध्यक्षहरु , पत्रकार, बिद्यार्थी, ब्यबसायी बुद्धिजीवी सबैलाई छलफलमा सहभागी हुन दूताबासले अनुरोध गरेको छ |
स्थान :- नेपाली राजदूताबास सभाहल,
मिति २०१५/७/२६/
समय :- दिनको ४ बजे