नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने
नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो ।
“विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीले जानकारी दिए ।
सो दिनमा हुने संघको ऐतिहासिक तेश्रो अधिवेशन २०२३ सँगै विगत ३ बर्षदेखि काेभिड-१९ काे कारण राेकिएकाे भलिबल प्रतियाेगिताहरुलाई निरन्तरता दिदै सन् २०२३ को लागि भलिबल खेल प्रतियोगिता आयोजना कार्यक्रम बाँडफाँड समेत गरिने भएकोले तपसिलका मिति, समय र स्थानमा संघका सम्पूर्ण सल्लाहकारहरु, राष्ट्रिय रेफ्रिहरु, कोरियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, खेलाडी, व्यवसायी, पत्रकार, मिडियाकर्मी, शुभचिन्तक र भलिबल खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिका लागी अनुरोध गर्दै आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।
तपसिल:
मिति : २०२३ मार्च १९ , आइतबार
समय : दिनको ठिक १२ः०० बजे
स्थान : नमस्ते रेष्टुरेन्ट दोङ्म्यो आफ, सउल