धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
धनकुटा सेवा समाज दक्षिणा काेरियाकाे छैटाैं अधिवेशन सम्पन्न भएकाे छ । अाइतबार भएकाे अधिवेशनले परदेश राईनै अध्यक्षमा पुनः चुनेकाे छ ।
नव गठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष निर्मला खड्का, कृष्ण राई, भबिन राई , सन्दिप लिम्बु , थर्क लिम्बु, राजन राई , धिरेन दर्नल, गोबिन्द राई, कबिर राई रहेका छन् । महासचिवमा अर्जुन मश्राङगी मगर, सहसचिब प्रदिप सागर राई छन् भने कोषध्यक्ष बुद्धम राई, सहकोषध्यक्ष बिष्णु लाया मगर चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा सुबाश दियाम राई , नबिन लिम्बु , हेम राई , अन्जन राई, रमेश याक्खा, शुशिल चेम्जोङ, सुरज चौधरी, डम्बर राई, उपेन्द्र खजुम, जन्जिर राई, श्याम राई, बिबश राई , योगेन्द्र खड्क, लोकेन्द्र मगर, झगेन राई र सन्तोस राई रहेका छन् ।
केही समय अघि नै हुन पर्ने अधिवेशन काेराेना महामरीका कारण स्थगित भएकाे थियाे । लामाे सयम देखि सामाजिक क्षेत्रमा काम गर्दै अाएकाे समाजले काेरियामा सेल्टर संचालन गर्दै अाएकाे छ ।
नव गठित कार्यसमितिका बरिष्ठ उपध्यक्ष कुमार भट्टराईले नयाँ कार्यसमितिले सकेकाे राम्राे काम गर्ने बताए । त्यस्तै अधिवेशनलाइ सम्बाेधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथी तथा संरक्षक गीता राईले समाजलाइ निरन्तर सहयाेग गर्ने बचन दिइन । राइले नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाइ पद तथा गाेपनियताकाे शपथ ग्रहण गराएकी थिइन ।