जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)
जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने भएको छ । त्यसैले यसका लागि आवश्यक सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो ।
सूचनामा जहाज निर्माण कम्पनी प्रतिबद्ध तथा नियमित कामदारहरुले 2023 April 30 सम्म द. कोरिया प्रवेश गरिसक्नु पर्ने भनि HRD Service of Korea बाट जानकारी प्राप्त भएकोले सम्वन्धित कामदारहरुले तालिम नलिएको भए तालिम लिन र CCVI फारम नभरेको भए यथाशिघ्र भरी कार्यलयमा पेश गर्न भनिएको छ ।
समयमा प्रकृया पुरा नगरेको कारणले उडान प्रभावित भएमा सम्वन्धित कामदार स्वयं जिम्मेवार हुने जनाएको छ ।