घेदुङ कोरियाको ल्होछार समिक्षा कार्यक्रम सम्पन्न, १० लाख रुपैयाको दीर्घकालीन शैक्षिक कोष स्थापना गर्ने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने उदेश्य सहित घेदुङले मञ्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो (विरालो वर्ग) को अवसर पारेर गत जनवरी २१ मा ल्होछार साँझ मनाएको थियो । उक्त कार्यक्रमको समिक्षा आईतबार जूममार्फत भएको हो ।
कार्यक्रममा संघले गरेको ल्होछार साँझको आर्थिक विवरण सार्वजनिक गरेको थियो ।
प्रस्तुत आर्थिक विवरण अनुसान संघले झण्डै तीन कारोड वन आर्थिक संकलन गरेको छ । त्यस्तै खर्च साँढे एक कारोड वन भन्दा बढी भएको छ ।
आर्थिक विवरणमा टिकट विक्रीबाट एक करोड उनान्साठी लाख एक हजार (१,५९,६१,०००) वन संकलन भएको छ । त्यस्तै अग्रिम सहयोग संकलनबाट एक करोड बाईस लाख चौबिस हजार दुई सय एक्काईस (१,२२,२४,२२१) वन भएको छ । संस्थागत सहयोगबाट पनि चौध लाख चौतिस हजार (१४,३४,०००) वन भएको छ । यसरी आम्दानी दुई करोड छयानब्बे लाख उन्नाईस हजार दुई सय एक्काईस (२,९६,१९,२२१) वन भएको छ । खर्च एक करोड एकहत्तर लाख तीन हजार पाँच सय चालिस (१,७१,०३,५४०) वन भएको छ ।
कार्यक्रमबाट एक करोड पच्चिस लाख पन्ध्र हजार छ सय एकासी (१,२५,१५,६८१) वन नाफा भएको जनाएको छ ।
नाफा भएको उक्त रकम मध्येबाट एक करोड वन बरावरको ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने कार्य अगाडी बढाएको संघले जनाएको छ । यसको लागि संघकै वर्तमान अध्यक्ष रवि लामाको अध्यक्षतामा १३ सदसिय ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ सञ्चालक समिति गठन गरेको छ । समितिले कार्यविधि बनाएर छिट्टै कोषको कार्यन्वयनको कार्य अगाडी बनाउने जनाएको छ ।