नोनसान नेपाली एकता समाज गठन :अध्यक्षमा सोनाम शेर्पा
दक्षिण कोरिया छुङछङनाम्दो नोनसान क्षेत्रमा रहेका नेपालीहरु संगठित भएका छन् । आइतबार नोनसान नेपाली एकता समाज गठन गरेर उनीहरुले त्यस क्षेत्रमा बस्ने नेपालीहरुलाई केही पर्दा सहयोग हुने गरि समाज गठन गरेका हुन् ।
नवगठित कार्यसमितिमा अध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्ष महेन्द्र नाथ योगी, सचिव दीपेन आचार्य, सहसचिव सागर बस्याल, कोषाध्यक्ष लाक्पा नुरू शेर्पा, सह–कोषाध्य रूकमान नन्द पौडेल चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रेम गुरुङ, निमा शेर्पा, शिवालाल महतो, किस्मत साउद, झमक ढुङ्गाना, लक्ष्मण खरेल, कमल बोहोरा, सुदिप सुवेदी, युगेस राना मगर रहेका छन् । साधरण सदस्यहरुमा सुन्दर ठगुन्ना, सागर ठगुन्ना, ज्ञान कुमार राई, लाक्पा शेर्पा, डोमा शेर्पा, सान्तिला पालुङवा शेर्पा, रमेस धामी रहेका छन् । कार्यसमितिले सल्लाहकारमा पासाङ नोर्बु शेर्पा (एनपी) लाई चुनेका छन् ।