पूर्वाञ्चल सरोकार समाज कोरियाले नयाँ वर्ष मनायो
पूर्वाञ्चल सरोकार समाजले दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको हलमा नयाँ वर्ष २०८० मनाएको छ। विगतका वर्षहरुमा पनि नयाँ वर्ष मनाउँदै आएको सरोकार समाजले यस वर्ष श्रम सहचारि चन्द्रकला ओलीको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवम भेटघाट कार्यक्रम गरि मनाएको थियो। कार्यक्रममा NRNA अध्यक्ष दिपक पुन, MTU अध्यक्ष उदय राई, NCC अध्यक्ष श्री श्रेष्ठ , सल्लाहकार ध्यान राई, गंगाराज राई, लोचन राई, जीवनकुमार थापा, नवराज सिवाकोटी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।
नयाँ वर्षको सुरुवात सँगै पूर्वाञ्चल सरोकार समाजले धरान उपमहानगरका नगर प्रमूख हर्क साम्पाङको श्रम अभियानलाई पनि सहयोग गर्ने उद्देश्य अनुरुप अभियान सञ्चालन गर्ने भएको छ। “हर्क साम्पाङ – श्रमदान अभियान सहयोगार्थ ” दक्षिण कोरिया अभियान समितिको संयोजकमा संस्थाका सल्लाहकार , पूर्व NCC अध्यक्ष एवम पूर्व ICC सदस्य लोचन राई रहेका छन्। कोरियामा रहेका विभिन्न सस्थाहरुसँग सहकार्य गर्दै यो अभियानलाई वृहत बनाइने संयोजक राईले बताएका छन्।
कार्यवाहक अध्यक्ष गजेन्द्र सेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राम प्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम पश्चात अतिथी गण रात्रीभोजमा सरिक भएका थिए।