ईपीएसबाट कृषि क्षेत्रमा आएका नेपाली कामदारले ओटीको मूल्य नपाएको गुनासो


काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपाली कामदारहरुले कम्पनीले अतिरिक्त समय काम गरे पनि त्यसबापत तलबभत्ता नपाएको बताएका छन् |

 

इपिएसमार्फत कोरिया गएर काम गरी फर्केका कामदारलाई वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले गरेको सर्वेक्षणमा अधिकांश कामदारले कृषि क्षेत्रमा ओभर टाइम (ओटी) गरेपनि कम्पनीले त्यसको तलब नदिएको बताएका हुन्।शाखाले कोरिया गएर सममअवधि पुरा गरी नेपाल फर्केका ७० जना कामदारसँग दुई प्रश्न गरी सर्वेक्षण गरेको थियो।

 

कोरियामा नेपाली कामदारको मुख्य समस्या के हो र समाधानका उपाय के हुन्? र कोरियामा नेपाली कामदारको कोटा बढाउन के गर्नुपर्ला? भन्ने प्रश्न गरेको थियो।पहिलो प्रश्नमा कामदारहरुले कोरियामा कृषि क्षेत्रमा भएका कामदारले ओभर टाइमको तलब नपाउने, भाषा समस्या, कोरियनहरुको रुखो व्यवहार भएको र अपमानित गर्ने गरेको बताएका थिए। दोस्रो प्रश्नको उत्तरमा कोटा बढाउने उपाय अनुशासन, इमान्दारिता र समयप्रति प्रतिबद्धता भएको जवाफ दिएका थिए। त्यस्तै गैरकानुनी कामदारको न्यूनीकरण गर्न सिप र दक्षता बढाउनुपर्ने सुझाएका थिए।शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियामा काम गरेर फर्केका कामदारलाई कोरियाको समस्या र अवसरको बारेमा सोधिएको बताए।

 

समयअवधि पुरा गरेर फर्केका कामदार पुनः कोरिया जान पाउँछन्, अहिले पुनः जान लागेका कामदारलाई नै प्रश्न गरिएको बताए। यसखाले सर्वेक्षणले कोरियाको वास्तविकता थाहा हुने र कोरियासँग कामदारको समस्या राखिने बताए।इपिएसमार्फत कोरिया पुगेर वैधानिक रुपमा बसी स्वदेश फर्केका कामदारका लागि कोरियाले कम्प्युटरमा आधारित परिक्षा (सिबिटी) लिने गर्छ।सिबिटी परिक्षामा उतिर्ण कामदारको लागत इपिएस परिक्षामा उर्तिण कामदारको भन्दा न्यून हुने गर्छ। इमान्दार र मिहिनेती हुने हुनाले नेपाली कामदारको माग कोरियामा बढ्दो छ। वैधानिक भएर बस्ने कामदारका लागि कोरियामा अवसर आइरहने शाखाले जनाएको छ। -नागरिक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...