नेपालीले भारतीय विस्तारबाद कहिलेसम्म सहने ?
मकुन्द गौतम
दुई शताब्दी अगाडी नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म फैलिएको थियो । आज पनि ती ठाउँहरुमा स्मारक, स्तम्भ र अवशेषहरु देख्न पाईन्छ । सन १८१५ डिसेम्बर २ का दिन नेपालको तर्फबाट चन्द्रशेखर उपाध्याय र गजराज मिश्र साथै ईष्ट ईण्डियाको तर्फबाट लेफटिनेन्ट कर्णेल व्राड शाहका बीच सुगौली सन्धी भयो । जुन सन्धीअनुसार काली र राप्ती बीचको सम्पूर्ण तराई, राप्ती र गण्डकी बीचको वुटवल बाहेक सम्पूर्ण तराई, गण्डकी–कोशी बीचको तराई यसैगरी मेची र टिष्टा बीचको समथर भुभाग र काली पश्चिमको सम्पूर्ण भुभाग इष्ट ईण्डिया कम्पनिलाई बुझाउँनुपर्ने भयो । तर तत्कालिन राजाले सम्पूर्ण तराई दिन नमानेकोले अंग्रेजहरुले केही तराई फिर्ता हुने गरी सन १८१६ डिसेम्बर ८ का दिन मकवानपुरमा फेरी सन्धी भयो र केही तराई फिर्ता गरी बर्तमान नेपालको सिमाना पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म कायम गरेको देखिन्छ । सुगौलीसन्धि पश्चात ४० दिन भित्र सिमाङ्कनको लागि गाडिएको जंगे स्तम्भले हाम्रो सिमाना छुट्याईएको थियो तर ति सिमा स्तम्भहरुलाई भारतलेनै वेवास्ता गरेकोले भारतलेनै सुगौली सन्धिलाई मान्यता नदिएको स्पष्ट हुन्छ ।
आज पनि सिमाक्षेत्रका स्थानिय जनतालाई विभिन्न प्रलोभनमा पार्दै हिंसात्मक गतिविधी फैलाउँदै नेपालको भूमि दिनानुदिन भारतले अतिक्रमण गरिरहेकोछ । सिमाक्षेत्रको वास्तविकतालाई खोज्दै जाने होभने निक्कै विकराल र दयनिय अवस्थामा जनताहरु वाच्न विवश छन् । नेपाली भूमिमै नेपाली रुपैयालाई मान्यता दिईन्दैन, भारतिय नम्बर प्लेटको सवारीसाधनलाई बैधानिकता दिएको छ , दिनदहाडै सिमाक्षेत्रका वस्तीहरु जलाईन्छ, लगाईएका बालीहरु थन्काउने वेलामा उनिहरुकै हुन्छ, नेपाली चेलीहरु उनिहरुबाटै बलात्कारको शिकार भईरहेका छन्, नेपाली दाजुभाईहरुलाई बन्दी बनाई ज्याजती गरिन्छ यसरी नेपाली भूमिमा नेपालकै अस्तित्वको शिरहरण भईरहेकोछ । अझै अहिलेत शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि नेपालको साँस्कृतिक धरोहर विश्वशान्तिको केन्द्रभूमि जुन विश्वसम्पदा सुचिमा सुचिकृत छ त्यसलाई पनि भारतले आºनो भूमिमा नक्कली लुम्बिनीको स्वरुप निर्माण गरी विश्वसामु भारतले गौतम बुद्द भारतमै जन्मेका हुन र लुम्बिनी हाम्रो हो भन्दै झुटो प्रचारबाजी गरिरहेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत भईसकेको लुम्बिनीलाई भारतले आफ्नो हो भन्नु कतिसम्म मुर्खता होला ? यसमा नेपालको मात्र हैन विश्व समुदायको ध्यान जानु अतिआवश्यक छ । यदी यस्तै हर्कत गर्ने हो भने नक्कली लुम्बिनी हैन विश्वको शिर सगरमाथा नक्कली बनाएर देखाओस, के यो सम्भव होला र ?
आज नेपाली जनताको चुनौतिको विषय रहेको छ । यसरी दिनानुदिन स्तम्भहरु सारिदा सिमा अतिक्रमण हुदा नक्कली लुम्बिनि बनिसक्दा, सम्झौता र सन्धीको आधारमा नेपालको साँस्कृतिक तथा प्राचिन संम्पदाहरुमाथि अतिक्रमण र हस्तक्षेप भईरहदा पनि महत्वपूर्ण तथा संवेदनशिल विषयमा नयाँ नेपाल बनाउँछु भनेर लागेको आजको नेपालका राजनैतिक दलहरु दोषि, निरिह तथा लाचार भईरहेका छन् । देशमा आज दिनानुदिन शैक्षिक बेरोजगारी बढ्दो छ, दैनिक लगभग २००० युवाहरु विदेश पलायन हुन बाध्य छन् । देशको राजनैतिक अस्थिरताको कारणले खाडीको प्रचण्ड गर्मीमा आफ्नो मातृभूमि सम्झदै आºनो श्रम बेच्न बाध्य छन् । यसैले अबको युवाहरु सचेत हुन आवश्यक छ । घरवारी बन्धकी राखेर हामी कहिलेसम्म विदेश पलायन भईरहने ? राजनितिलाई फोहोरी खेल भनेर के अझै हामी सचेत युवाहरु आफ्नो जिम्मेवारी बाट पन्छिन मिल्ला ? अझपनि हामी युवाहरु कुनै दर्शन र वादको नाममा नेपाल आमाको अस्तित्वमाथि खेलवाड भईरहदा कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ? यदी यसरीनै नेपालको रास्ट्रिय राजनितिलाई छाडा छाड्दै र पुरानै शासकहरुलाई व्यब्त्।िmगत स्वार्थको राजनितिमा ब्रह्मलुट र भ्रष्टाचार गर्न कहिलेसम्म दिने ? यदी यस्तै गरिरहने हो भने देशको विकास कहिले होला त ? देशका युवाहरु आज शिक्षित छन् । राजनैतिक दल र शासकहरुले निरंकुशता लादी जनतालाई राणा शासन झै अधिकार विहिन बनाईरहेका छन् भने देशभतm र दुरगामी सोच भएका युवाहरुलाई वेवास्ता गरेर नातावाद, कृपावाद आशिर्वाद र पैसाको बल प्रयोग गरी खराव पाठ सिकाउदैछन् । भूमि सम्पदा निति र नियमलाई अस्तव्यस्त पार्दैछन् । के राजनिति गर्न सिंगो देश चाहिन्न र ? जातजाति र धर्मको नाममा युद्द गराउन खोज्ने ? सर्वहारा जनतालाई शासकको जुताको तलुवाझै बनाउने, लोकतन्त्र र प्रजातन्त्रको नारा दिदै भिजन विपरित काम गर्ने ? देशलाई टुक्राएर हरेक आधाररहिन सम्झौता गरि देशको सार्वभौमिकता विदेशीलाई सुम्पेर देशमा जातजातिको र धर्मको नाममा प्रदेशहरु बिभाजन गर्दा के लगभग तीन करोड नेपालीको हितको कुरा हो ? सर्वहाराको हितको नारा कार्यान्वयन हुने कहिले ? २००७ साल यता कसले कार्यान्वयन गर्न अघि बढ्यो सिमानाको समस्या, स्वतन्त्र देशको समस्या अनि देशको प्रजातन्त्र र लोकतन्त्रको नारा ?
यस्ता समस्याको समाधान गर्नसक्ने शक्ति साच्चै आजको युवापुस्तानै हो । देशमा दिगो शान्ति स्थापना लोकतानित्रक संविधान, देशको आधुनिक र चौतर्फी विकास, मातृभूमि र देशभित्रको हरेक सम्पदाको संरक्षण तथा राजनैतिक निकाश अव युवाको काँधमा छ । यदी पुरानै पुस्ता अझै हावी भइरहे नेपालको राष्ट्रियतामा समेत आँच आउन सक्छ । जातजाति धर्म आ–आफ्नो छन् । देशलाई खण्ड पार्न खोज्नु सबै छोटे राजा हुन खोज्नु हो । यतिसानो नेपालमा विभिन्न राज्यहरु के आवाश्यक छ ? साझाँ देश नेपाल हो हामी नेपाली हौ, यिनै नाराले देश बचाउनु पर्दछ ।
बुद्दभूमि युद्धस्थल हैन् शान्तिको हुनु पर्दछ । यिनको अस्थित्वलाई बचाउन र विश्वसामु नेपाललाई चिनाउन हरेक नेपाली मुद््रा र देशको राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यालय, प्रवेशाज्ञा तथा राहदानीमा ‘Buddha was born in Nepal’लेखिनुपर्दछ । यस्तो सम्पूर्ण समस्याहरुको समाधान गर्न र देशलाई निकाश दिन आजको फोहोरी राजनैतिक धार कुनैपनि हालतमा सफल हुन सक्दैन । संविधान निर्माण र कार्यान्वयन गर्न सक्दैन्, देशलाई स्वतन्त्र बनाउन सक्दैन । सबै नचाहिदो खोक्रो भाषणले नेपाल र नेपालीको अस्तित्व मेटाउने, जनतालाई ऋण बोकाउने र शासक बिलाशी बनिरहने खेल हो । देशका सम्पुर्ण समस्याको समाधानको उपाय आजसम्मको सत्ताभोगि धार र नयाँ युवाधारको प्रतिष्पर्धा नै देशको निकाश हो ।
काभ्रेपलान्चोक
हाल-द. कोरिया