चुम्लुङ कोरियाले ३ महिने नि:शुल्क सिरिजङ्गा लिपी प्रशिक्षण सञ्चालन गर्ने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ३ महिने सिरिजङ्गा लिपि (याक्थुङ पान हु~सिङ) भाषा सम्बन्धि नि:शुल्क प्रशिक्षण गराउने भएको छ। चुम्लुङ कोरियाले आज एक सूचना जारी गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो। यहिँ मे महिनाको २१ तारिखदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रम अगस्ट २० तारिखसम्म हुनेछ। अल्पाईन विश्वविद्यालयका सिक्किमका प्रोफेसर कर्णहाङ ताम्लिङ्द्वारा प्रशिक्षण गराइने सूचनामा उल्लेख गरिएको छ।
जुम अनलाईनबाट प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको स्थानिय समय अनुसार हरेक आइतवार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४:४५ देखि ६:४५ सम्म) हुनेछ। संसारको जुनसुकै ठाउँबाट पनि सहभागि हुन सकिने भएकोले इच्छुकहरुले अर्जुन तुम्बापो (०१०५६७२९३२१) ,माया पोमू (०१०४८६५८५५६) र अर्जुन सेन्दाङ (०१०५३६५२०९३) सँग सम्पर्क गरि नाम दर्ता गर्न सक्नुहुनेछ।