पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको अधिवेशन जुन ११ मा हुने
पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन यहिँ जुन ११ मा हुने भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभाहलमा अधिवेशन हुने कार्यवाहक अध्यक्ष गजेन्द्र सेर्माले जानकारी गराएका छन्। समाजका अध्यक्ष व्यक्तिगत काम विशेषले नेपालमा रहेपनि अधिवेशन अगावै कोरिया आउने पनि जानकारी दिएका छन्।
यस संस्थाको पनि कोरोना महामारिका कारण समयमा अधिवेशन हुन सकेको थिएन। नेपालमा सामुहिक लगानी गर्ने अवधारणा अनुरुप स्थापना भएको सरोकार समाजमा १४ जिल्ला र २ जातिय संस्थाहरु आवद्ध छन्। यस संस्थाले अहिले “हर्क साम्पाङ – श्रमदान सहयोगार्थ” आर्थिक संकलन अभियान संचालन गरिरहेको छ।
कोरियामा रहेका सम्पूर्ण पूर्वेली बासिलाई अधिवेशन भब्यताका साथ सफल बनाउन उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।