सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने


सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्धजयन्ती” मे २८ तारिख आईतबार मनाउने भएको छ । बौद्ध धर्मको लामो समय अध्ययन गर्नुभएका धर्मगुरू लोपोन पेमा छिरिङले कार्यक्रममा बुद्ध दर्शन बारे प्रवचन गर्ने भएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि  एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । उक्त महान तिथिलाई बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्द जयन्तीका रूपमा मनाउदै आइरहेको छ ।

दक्षिण कोरियास्थित नेपाली गुम्वा थेग्छेन् छ्योइलिङ सउल नेपाल गुम्वाले बुद्धजयन्ती कार्यक्रम भव्य मनाउने गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेले जानकारी दिनुभयो ।

बुद्द जयन्तीमा विशेषताः व्यक्ति स्वयम कार्यक्रममा पाल्नु भै एउटै बत्ती, एउटै फलफूल भएनी आफू स्वयमले प्रत्यक्ष चढाउने र आफ्नो ईच्छ र आफ्नै हातले सकेको दानादि गर्नले अतिनै लाभदायी हुने विश्वास गरिन्छ । साथै उक्त दिन साथै भगवानको प्रसाद ग्रहण गरिदिन हुन समेत प्रमुख लामाले अनुरोध गरेका छन् ।

गुम्बा व्यवस्थापन समिति र प्रमुख लामाले २५६७औं बुद्धजयन्तीको अवसरमा देश तथा विदेशमा रहेका बौद्ध धर्मावालम्विहरूका साथै सम्पूर्ण नेपालीको सुख, सम्बृद्धि र बिश्व शान्तिका हार्दिक शुभकामना व्यत्त गरेको छ ।

उक्त कार्यक्रम सउल नेपाल गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा विहान ठिक ११ बजे हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...