किराँत राई यायोक्खाले उभौली मनायो
किराँत राई यायोक्खाले यलेदोङ ५०८३ उभौली साकेला अाइतबार मनाएको छ । सुवनको ह्वासाङ फोट्र्रेसमा भएको कार्यक्रममा दक्षिण कोरियाका विभिन्न भागमा रहेका रहेका नेपाली जम्मा भएका थिए ।
नेपाली दुतावास दक्षिण कोरियाको नियोग उपप्रमुख पुष्पराज भट्टराई प्रमुख अतिथी रहेका कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खाका अध्यक्ष पदम राईले गरेका थिए । उभौलीमा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए । ढोल र झ्याम्टाको तालमा कोरियाको गर्मीलाई वास्ता नगरि युवायुवती नाचेका थिए । एमटियूका अध्यक्ष उदय राई र समाजसेवी गीता राईलाई यायोक्खाले दक्षिण कोरियामा रहेका नेपालीलाई लामो समय देखि सामाजिक सेवा गरेकोले सम्मान प्रदान गरेको थियो ।
युनेस्को वल्ड हेरिटेज साइटमा पर्ने फोट्र्रेसमा घुम्न आएका कोरियालीहरुले पनि नेपाली नाँच हेरेर आनन्द लिएका थिए । राई परिकारको साथमा भएको कार्यक्रममा कुलपुजा नक्छुङ लोचन राईले गरेका थिए भने सिलिमोपा श्रीधन राईले गरेका थिए ।
थप तस्विर