प्रदेश एकको नामाकरणलाई लिएर “नो कोशी” आन्दोलनमा दक्षिण कोरियाको पहिचानवादि यूवाको ऐक्यवद्धता
दक्षिण कोरियाको किम्हे शहरमा नो कोशिको पम्प्लेट सहित पहिचानवादि यूवाहरुले प्रदेश १ को नामाकरणको विरोध गरेका छन्। कोरियाबाटै नेपालमा चलिरहेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धता जनाएका हुन्।
उपस्थित यूवाहरुले भौगोलिक दूरीको हिसाबले टाढा रहेपनि आफ्नो पहिचान र अस्तित्वको निम्ति सदैव नैतिक समर्थन रहनेमा जोड दिएका थिए। एकल जातिय नश्लिय नाम झल्किने कोशि प्रदेश किमार्थ स्विकार्य नहुने भन्दै यथासिघ्र वार्ता गरेर ऐतिहासिकताको आधारमा पहिचान सहितको नामाङ्कन गर्न सुझाव दिएका थिए। बुसान किम्हे क्षेत्रका पहिचानवादिहरुको भेलालाई किरण कन्दङ्वा, गणेश हाङ्सेम, संजोग कन्दङ्वा, डम्बर सुब्बा लगायतले सम्बोधन गरेका थिए।
नेपालमा कोशि प्रदेश नामाकरणको विरोधमा प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको आन्दोलन जारी छ। आन्दोलनको क्रममा मृत्युवरण गरेका लाजेहाङ लिम्बूलाई सरकारले शहिद घोषणा गरेको छ।