गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङको उम्मेदवारी, मे २० मा घोषणा हुने
आगामी जुलाई ८ र ९ मा हुने गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले पनि उमेदवारी दिने भएका छन् । यसका लागि
यही मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको जनाएको छ ।
न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको जानकारी गुरुङले फोनिज कोरियालाई दिएका हुन् । कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।
कार्यक्रममा शुभकामना तथा एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरिया स्थित संघ संस्था समाजसेवि, सञ्चारकर्मी, व्यवसायी, बिद्यार्थी एबं सम्पुर्ण श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेका छन् ।
लामो समय देखी दक्षिण कोरियामा आफ्नो व्यवसाय गर्दै आएका गुरुङले यहाँ रहेका नेपालीलाई पर्ने गाह्रो अफ्ट्यारोमा सहजीकरण गर्दै आएका छन् ।
आगामी जुलाई ८ र ९ मा हुने NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी यस अगि नै विपिन गुरुङ र सन्जीव राईले आफ्नो उमेदवारी घोषणा गारिसकेका छन् ।