आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् ।
महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् ।
आईतबार दिउँसो भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघ संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।
गैर आबासीय नेपाली संघका अध्यक्ष दीपक पुन, नेपाली राजदुताबासका तृतीय सचिव संगम खत्री, तमु धिका अध्यक्ष लेशन गुरुङ, नेपाल मगर संघका अध्यक्ष टीवी घर्ती मगर,नेपाल तामाङ घदुङका अध्यक्ष राजकुमार स्याङतान, शेर्पा संघका अध्यक्ष थुतुङ गेल्जी शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज लिम्बू लगायतका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।