चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई


नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३”को उपाधि फारान एफसिले चुम्न सफल भएको छ। बुद्ध नेपालमा जन्मेको भने मूल नाराका साथ महिला आवास गृह (नाना आङा धिम)को सहयोगार्थ आइतवार फुटसल कप सम्पन्न भएको हो ।

ख्याङनाम किमेमा भएको उक्त फुटसल कपको फाइनलमा फारन एफसीले सुवन एफसी लाई ३-१ गोल अन्तरले पराजित गर्दै बिजेता बनेको थियो। घेदुङ शाखाले पवित्र उद्देश्यका साथ आयोजना गरेको उक्त फुटसल कपमा ३८ टिमको सहभागिता रहेको थियो । विजेता टिम फारन एफसीले मेडल र प्रमाण पत्रका साथ तिस लाख वोन हात पारेको छ । त्यस्तै उपविजेता टिम सुवन एफसीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित १५ लाख वोन हात पार्न सफल गरेको छ ।

अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी फारान एफसिका सुवास खाति, टप गोल स्कोरर फारान एफसिकै लुकास गोले, बेस्ट मेनेजर पनि फारान एफसिकै मदन दुलाल र बेस्ट किपर सुवन एफसीका रुपक नेपाली लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रम पश्चात बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ, बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...