एनसीसीको अधिवेशन जुन ४ मा हुने
नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन जुन ४ तारिखमा हुने भएको छ । केही समय पहिले नै हुन पर्ने अधिवशेन विभिन्न कारण भएको थिएन ।
कोरियाको पुरानो मध्येको एक मानिने एनसीसी कुनै समय कोरियामा रहेका नेपालीको दुःख सुखमा साथ दिने संस्थाको रुपमा रहेको थियो । कोरियामा नेपाली राजदुतावास नहुँदा एनसीसीले नै यहाँ रहेको नेपालीलाई सहयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।
दोङदेमुनको निक ट्राभल्सको सभाहलमा हुने अधिवेशन दिउँसो ११ बजे सुरु हुने आयोजकले जानकारी दिएका छन् । कोरियामा रहेका नेपालीलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकले जानकारी दिएका छन् ।