मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
मगर समुदायको मौलिक चाड भुम्या पूजा यही १७ र १८ तारिखमा हुने भएको छ । नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा ख्याङनामको मिर्याङसीमा भुम्या पूजा हुने किम्हे/बुसान शाखाले जनाएको छ ।
“भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता “भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा केन्द्रीय समिति, थेगु शाखा,गजेदो शाखा साथै अठार मगरात खाम भाषी सम्पर्क मंच दक्षिण कोरियाको संयुक्त आयोजनामा भुम्या पूजा आयोजना गर्न लागिएको जनाएको छ ।
कार्यक्रममा कोरियाबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।
मगर समुदायको ठुलो पर्व बल पूजा अर्थात् भुम्या नेपालमा जेठ महिना लागेसँगै सुरु हुन्छ। भुम्या पर्वलाई विशेष पूजा आराधना गरी धुमधामका साथ नाचगान गरी मनाउने गरिन्छ ।
निश्चित विधिपूर्वक नाचिने यो पर्व जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म खुब रमाइलोका साथ मनाइने गरिन्छ।
कार्यक्रम सम्बन्धी थापा जानकारी
मिति २०२३ जुन १७र १८
समय :साझ ०७:०० बजे
स्थान:경남 밀양시 단장면 동화4길 94
व्यवस्थापक: नेपाल मगर संघ, गणतन्त्र कोरिया(किम्हे/बुसान शाखा समिति)
नेपाल मगर संघ कोरिया
नेपाल मगर संघ कोरिया’थेगुशाखा
DSME मगर समाज, गजेदो दक्षिण कोरिया
अठार मगरात मञ्च कोरिया