हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ ।
सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए ।
धरान नगर र नगर प्रमुखले गरेका कामहरुबाट प्रभावित भएर अभियान संचालन गरेको अभियान संयोजक लोचन राईले जानकारी दिए । धरानको खानेपानी समस्यालाई कम गर्न भैरहेको कोकाहा खोलाको पानी धरान ज्याउने योजनामा यहाँका साथीभाइले पनि सहयोग गरौ भनेर हामीले दुई महिना अघि यो अभियान सुरु गरेका थियौं । सबैले सहयोग गर्नुभयो । उनले भने ।
कार्यक्रममा आर्थिक संयोजक चित्र घलेले आर्थिक विवरण प्रस्तुत गरेका थिए । अभियानबाट उठेको रकम केही दिन पछि धरानमा एक कार्यक्रमको आयोजना गरि हस्ताणतरण गरिने आयोजक पुर्वाञ्चल सरोकार समाजका कार्यवाहक अध्यक्ष गजेन्द्र शेर्माले जानकारी दिएका छन् ।