कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ ।
दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ मा गठन भएको हो । यस संस्थाले सामाजिक कार्यलाई पनि निरन्तरता दिदैं आईरहको छ ।
उक्त महोत्सबमा दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९ देशको संयुक्त सहभागिता रहने आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा जोग्य ओडर अफ जनरल अफिसर भिक्षु, सुदेआक्सा गुम्वाका प्रमुख भिक्षु, Chungcheongnam-do को गभर्नर, आसानका मेयर, विश्वविद्यालयका अध्यक्ष, ८ देशका राजदुतहरू उपस्थिती रहने धर्मगुरू कुन्साङले बताएको छ ।
विभिन्न ६ देशको मौलिक खाना परिकारसहित आ-आफ्नै स्टलको व्यवस्था रहेको महोत्सब बिहान १० बजे देखि २ बजेसम्म हुने भएको छ । साथै कार्यक्रममा आ-आफ्नो राष्ट्रिय मौलिक पोशाकमा उपस्थितीका लागि समेत अनुरोध गरेका छन् ।
महोत्सबमा ठूलो सङ्ख्यामा भिक्षु भिक्षुणीहरूलाई दान बिहान १० बजे सुरू भएर १ बजेभित्र सहभागी सबैले भोजन सकाएपछि औपचारिक कार्यक्रम पश्चात २ बजे समापन हुनेछ ।
कार्यक्रम छुङ्छननाम्दो आसन शहरमा अवस्थित युवोन युनिभर्सिटी आसान क्याम्पस (유원대학교 아산캠퍼스 대강당) मा हुनेछ ।
(नोटः सउल नेपाल गुम्वाले यातायातको ब्यवस्था गरिएको हुदाँ समयमै 010-8534-7919 (गुम्वा) मा सम्पर्क गरि आफ्नो नाम टिपाउनु होला ।)