तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।
सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमा बुद्धि गुरुङ, दिपक गुरुङ, विकास गुरुङ, देब गुरुङ, दिपेन्द्र गुरुङ र राम गुरुङ गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् । सोही अधिवेशनले विभिन्न विभागको संरचना तयार पारेको छ जस अन्तर्गत कार्यसमिति संयोजक ललित गुरुङ, महिला संयोजक मीरा गुरुङ, साँस्कृतिक विभाग संयोजक दिनेश गुरुङ र मिलन गुरुङ र खेलकुद संयोजकमा ईश्वर गुरुङ चयन गरिएको छ ।
तेश्रो अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, थेगु आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं थेगु शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।